समाचार

सप्तरीमा आज १५ जना महिलासहित थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप । सप्तरीमा आज ६१ जनाको पीसीआर परीक्षण गरिएकोमा १५ जना महिलासहित थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा एक जना सिरहाका छन् भने राजविराज नगरपालिकाका १८ सहित ३७ जना सप्तरीका छन् ।
बिहीबार नयाँ संक्रमित ३७ जना थप भएसँगै जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या २ सय ६४ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page