समाचार

जिल्ला प्रहरी कार्यालय सप्तरीको जिल्लाबासीमा अनुरोध ! विवाह,व्रतबन्ध,भोजभतेर सञ्चालनमा रोक

कञ्चनरुप (सप्तरी) । जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लामा कोभिड संक्रमण दिनानुदिन बढ्दै गएकोले २०७८ वैशाख २५ गते शनिवार राती १२ बजे देखि अर्को निर्णय नभए सम्म यस जिल्लाको सहरी क्षेत्र राजबिराज बजार, कञ्चनपुर बजार, फत्तेपुर बजार, बरमझिया बजार, भारदह बजार, महुली बजार , हनुमाननगर, वीरेन्द्र बजार, रुपनी, कठौना , कल्याणपुर, खर्चुहिया, कडरबना, पातो, बोदेबसाइन, सखडा , तोपा लगायतका भिडभाड हुने जिल्लाका अन्य स्थानमा लाग्ने सम्पूर्ण हाट बजारलाई निषेधित क्षेत्र घोषणा गरिएको हुँदा हाट बजार नलगाउन अनुरोध गरेको छ ।
जिल्ला भित्र चल्ने भाडाका सम्पूर्ण सवारी साधनहरु अर्को निर्णय नभएसम्म पूर्ण रुपमा बन्द रहने र उक्त अवधिमा अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधन, ढुवानी कार्यमा प्रयोग हुने र निर्माण कार्यमा प्रयोग हुने सवारी साधन प्रयोग गर्न पाउने सूचनामा जनाएको छ ।
जिल्लाबासीलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गर्नुका साथै निस्कनै परेमा स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध गरेको छ । विशेष गरी बालबालिका, बृद्धबृद्धा दिर्घ व्यक्तिहरुलाई घरमै बस्न अनुरोध गरिएको छ ।
मन्दिर, मस्जित जस्ता धार्मिक स्थल नजाने, विवाह , व्रतबन्ध , भोज भतेर सञ्चालन नगर्ने, बजारमा खुल्ला रुपमा बिक्रि गर्ने खाद्यान्न सामाग्री बिक्रिमा रोक लगाउने समेत सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी टोल छिमेकमा कसैलाई संक्रमण भएमा तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा खबर गर्ने, विदेशबाट आएका मानिसलाई संक्रमण हुन सक्छ उनीहरुलाई निग्रानिमा होम क्वारेन्टिनमा राख्न अनुरोध गरेको छ । कसैलाई संक्रमण भएमा घरमा आइसोलेट गरेर राख्ने । लक्ष्ण देखिएको संक्रमित भए नजिकको स्थानिय तहले व्यवस्थापन गरेको आइसोलेसनमा लगेर उपचार गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुरोध गरेको छ ।
जारी गरिएको सूचनाको पालना गर्नु सबैको कर्तव्य हुनेछ । अटेर गरेर यो सूचनाको उल्लंघन गरेमा संक्रमण रोग ऐन २०२० ,स्थानिय प्रशासन ऐन २०२८ र अन्य प्रचलित कानुन अनुसार कार्वाही हुने व्यहोरा सबैमा अनुरोध गरिएको सूचनामा उल्लेख गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page