शनिबार, १५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, १५ कात्तिक २०८३
समाचार

सप्तरीका प्रजिअ पोखरेलद्वारा आइसोलेसन र होल्डीङ्ग सेन्टरको अनुगमन

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) , २४ वैशाख ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलको नेतृत्वमा आएको टोलीले आज (शुक्रबार) कञ्चनरुप नगरपालिकामा तयारी अवस्थामा रहेको आइसोलेसन र होल्डीङ्ग सेन्टरको अनुगमन निरीक्षण गर्नुभएको छ ।
कञ्चनरुप–१२ धरमपुर स्थित रहेको धर्मेश्वर धारापानी सामुदायिक भवनमा स्थापना गरिएको ३० बेडको आइसोलेसन स्थल र कञ्चनरुप –८ स्थित रहेको सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरमा स्थापना गरिएको होल्डीङ्ग सेन्टरको अनुगमन निरीक्षण गर्नुभएको हो ।

कञ्चनरुप नगरपालिकाले तयारी अवस्थामा राखेको आइसोलेसन र होल्डीङ्ग सेन्टर चित्त बुझ्दो राम्रो रहेको र यस्तै किसिमको सबै पालिकाहरुले पनि बनाउनु पर्ने प्रजिअ पोखरेलले बताउनुभयो ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले आफ्नो नगरपालिका भित्रका नगरबासीहरुलाई राख्न सक्ने गरी होल्डीङ्ग सेन्टर र आइसोलेसन तयारी अवस्थामा रहेको र दुई वटा एम्बुलेन्स समेत तयारी अवस्थामा राहेको जानकारी गराउनुभयो ।
प्रजिअ पोखरेलको नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादव, प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला, सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, प्रमुख सेनानी निरज भण्डारी, तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहरखेर लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

आइसोलेसनमा डाक्टर बस्ने छुट्टै कार्यालय (अफिस) र आवासको व्यवस्था , सरसफाइमा काम गर्नेको छुट्टै आवासको व्यवस्था , सुविधा युक्त सौचालय र पानीको व्यवस्था मिलाइएको नगर उप–प्रमुख निरु पोखरेलले बताउनुभयो ।
सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, खानेपानी तथा सरसफाइ शाखाका अशोक केसी, प्रशासन शाखाका राजेश कुमार यादव, १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्री, वडा सदस्य लिल बहादुर मगर, ११ नम्बर वडाका वडा अध्यक्ष मो. जिवरील, स्वास्थ्य शाखाका सह–संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता , स्थानिय समाजसेवीहरुको सहभागिता रहेको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page