साहित्य / लेख रचना

सम्पूर्ण स्वास्थ्यकर्मी प्रति समर्पित गजल- कृष्ण तिमिल्सिना

गजल
आफ्नै ख्याल नगरी अरुकै लागि बाँचिरहेको छु।
बिरामी मुस्काउन भनेर कैले नाचिरहेको छु।।

दिनरात खटेर बिरामी भए नै होला म पनि।
कर्तव्य ठानेर सबको शरीर जाचिरहेको छु।

देश जनतालाई आफ्नै आफन्त परिवार सम्झी।
कोरोना लहर सानो प्रयासले भाँचिरहेको छु।

रोग सर्छ भनी कोठा छोडेर जाऊ भन्छौ मलाई।
तिमीलाई बचाउन मुठी श्वास साँचिरहेको छु।।
कृष्ण तिमिल्सिना
कञ्चनरुप -१२, रुपनगर
(सप्तरी)

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page