समाचार

थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि, ४ हजार ४४४ जना कोरोना सङ्क्रमणमुक्त

काठमाडौं । नेपालमा थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ४ लाख २२ हजार ४ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२० हजार ३ सय ६२ वटा आरटी पीसीआर परीक्षण गर्दा ९ हजार २ सय ३८ जना र ४ सय २४ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना पुष्टि भएको हो ।
आज थप ४ हजार ४ सय ४४ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख १६ हजार ४ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
त्यस्तै कोरोना भाइरसको सङ्क्रमणबाट आज थप १ सय ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ४ हजार २ सय ५२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल १ लाख १ हजार ६ सय ३४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page