समाचार

निषेधाज्ञाको उलङ्घन गरी पसल सञ्चालन गरेको आरोपमा पाँच जना ब्यापारी पक्राउ

कञ्चनरुप, २९ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिकामा निषेधाज्ञाको उलङ्घन गरी पसल सञ्चालन गरेको आरोपमा प्रहरीले पाँच जना ब्यापारीलाई पक्राउ गरेको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख २५ गते शनिवार मध्यरातिबाट लागु हुने गरी कोभिड–१९ को बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका प्रमुख शहरी क्षेत्रमा अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरले बारमबार पसल सञ्चालन नर्गन हाग्रह गर्दा समेत अटेर गरेपछि बुधबार बजार क्षेत्रका खुल्ला गरी राखेको अवस्थमा व्यापारीहरुलाई पक्राउ गरी एक पटकलाई सामान्य जरीवाना गरी छाडिदिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेश कुमार सिंहले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page