समाज

सप्तरीमा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

सप्तरी सप्तरीमा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचाररत तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४७ वर्षीय पुरुषको बुधबार १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
श्वास प्रश्वासमा समस्या देखिएपछि २७ गते सोमबार अस्पतालमा भर्ना गरिएको थियो । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page