आइतबार, १६ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १६ कात्तिक २०८३
समाज

सम्पूर्णमा ईद उल फितर रमजानको शुभकामना ,घरमै बसी सुरक्षित साथ चार्ड मनाउन आग्रह गर्दछु

सम्पूर्ण देश विदेशमा रहनुहुने नेपाली मुस्लिम दाजुभाइ दिदीबहिनीहरुमा ईद उल फितर रमजानको शुभकामना व्यक्त गर्दछु ।
देशको परस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण मुस्लिम समुदायले यस वर्ष ईदका दिन सामाजिक दुरी र स्वास्थ्यको मापदण्ड पालना गर्दै सामूहिक नभई घरमै बसेर नमाज पढ्न अपिल गर्दछु ।
साथै रमजान महिनाको अन्त्यमा मनाइने मुख्य पर्व ईदुल फित्रका दिन ईदगाह मैदान, मस्जिद र मदरसामा गएर सामूहिक नमाज पढ्ने गरिन्छ । तर यस वर्ष कोरोना भाइरस (कोभिड १९) को दोस्रो महामारीको स्थितिलाई ध्यानमा राखि ईद पर्व घरमै बसेर मनाउन आग्रह समेत गर्दछु ।
आफू पनि सुरक्षीत रहँदै अरुलाई पनि सुरक्षित बनाऔं , कोरोरानाको महामारीलाई मध्यनजर गर्दै ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान नगर्न समेत आग्रह गर्दछु ।
साथै नगर उपप्रमुख आशा चौधरी अस्वस्थ्य हुनुभएकोले सम्पूर्ण सप्तकोशी नगरपालिका परिवार तथा नगरबासीको तर्फबाट उहाँको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौँ । त्यसैगरी सम्पूर्ण नगरबासी तथा नेपालीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
उत्तम कुमार गौतम
नगर प्रमुख
सप्तकोशी नगरपालिका
फत्तेपुर, सप्तरी ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page