समाचार

कञ्चनरुप नगरपालिकाद्वारा अत्यावश्यक स्वास्थ्य सेवा बाहेक सबै सेवाहरु बन्द

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वास्थ्य सेवाको अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
बिहीबार नगरपालिकाले एक सूचना जारी गर्दै कोभिड १९ कोरोना भाइरसको दोस्रो भेरियन्ट विश्वव्यापी रुपमा तिब्र गतिमा फैलिरहेको र सो को प्रभाव कञ्चनरुप नगरपालिकाको समुदाय स्तरमा व्यापक रुपमा फैलिरहेकोले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि वैशाख ३१ गतेदेखि जेष्ठ ६ गते सम्म एक हप्ता सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।
नगर क्षेत्रभित्रका नगरपालिकाका वडा कार्यालयहरुबाट सेवा प्रदान हुने स्वास्थ्य सेवाको अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय भएको नगर प्रमुख बसन्त कुमार मिश्रले जानकारी दिनुभयो ।
साथै नगर क्षेत्रभित्र रहेका मालपोत, नापी, विद्युत कार्यालय, वित्तिय संघसंस्थाहरु समेत बन्द राखी कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई रोकथाम गर्नका लागि सहयोग गर्न अनुरोध समेत गर्ने नगरपालिकाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page