समाचार

सिरहा प्रहरीद्वारा एउटा कटुवा पेस्तोल बरामद

सिरहा । सिरहामा प्रहरीले बुधबार एउटा कटुवा पेस्तोल बरामद गरेको छ ।
सिरहा नगरपालिका वडा नम्वर १७ पटेर्वा बस्ने २७ वर्षीय धीरु यादवले रक्सी खाएर गाउँमा हो–हल्ला गरि रहेको अवस्थमा स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी टोलिलाई देखेपछि उनी भागदै गरेको क्रममा उनको साथमा रहेको खालि कटुवा पेस्तोल खसेको थियो । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले खालि कटुवा पेस्तोल बरामद गरेको सिरहा प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए । उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page