राजविराज , ६ जेठ । सप्तरीमा विश्व हिन्दु परिषद नेपाल,महिला विभागले सीता जयन्ती तथा जानकी नवमी मनाएको छ ।
बैशाख शुक्ल नवमी र आजकै दिन आदर्श नारी सीताको मिथिलाअञ्चलमा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष भब्यताको साथ मनाउने गरिन्छ । राजविराज स्थित आज बिहिवारको दिन विश्व हिन्दु परिषद् नेपाल महिला विभागले मैथली गाउसाउनी गीत, तीन चोटी ॐ उच्चारण , १३ चोटी विजय मंत्र प्रस्तुत गर्दै सीता जयन्ती तथा जानकि नवमी महोत्सव मनाएको हो ।
रेडियो सि.एफ.एम.को प्राङ्गणमा विश्व हिन्दु परिषद् नेपाल महिला बिभाग सप्तरीले सीता जयन्ती तथा जानकी नवमी महोत्सबमा पूजा पाठ कार्यक्रममा भक्तजनले सीता माताको बारेमा आफ्नो आफ्नो बिचार राख्दै मनाइएको थियो ।
जानकी नवमी महोत्सवमा जगबहादुर सिंह, मैथिली कवियत्री करूणा झा ,श्वेता झा ,बन्धना मिश्रा,कामनि ठाकुर,नियुत्न झा सञ्चारकर्मी नविन कुमार निर्भय यादव लगायतको सहभागिता रहेको थियो।
राजविराजमा विश्व हिन्दू परिषद नेपाल महिलाद्वारा जानकी महोत्सव मनाइयो













Add Comment