धर्म संस्कृति

राजविराजमा विश्व हिन्दू परिषद नेपाल महिलाद्वारा जानकी महोत्सव मनाइयो

राजविराज , ६ जेठ । सप्तरीमा विश्व हिन्दु परिषद नेपाल,महिला विभागले सीता जयन्ती तथा जानकी नवमी मनाएको छ ।
बैशाख शुक्ल नवमी र आजकै दिन आदर्श नारी सीताको मिथिलाअञ्चलमा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष भब्यताको साथ मनाउने गरिन्छ । राजविराज स्थित आज बिहिवारको दिन विश्व हिन्दु परिषद् नेपाल महिला विभागले मैथली गाउसाउनी गीत, तीन चोटी ॐ उच्चारण , १३ चोटी विजय मंत्र प्रस्तुत गर्दै सीता जयन्ती तथा जानकि नवमी महोत्सव मनाएको हो ।
रेडियो सि.एफ.एम.को प्राङ्गणमा विश्व हिन्दु परिषद् नेपाल महिला बिभाग सप्तरीले सीता जयन्ती तथा जानकी नवमी महोत्सबमा पूजा पाठ कार्यक्रममा भक्तजनले सीता माताको बारेमा आफ्नो आफ्नो बिचार राख्दै मनाइएको थियो ।
जानकी नवमी महोत्सवमा जगबहादुर सिंह, मैथिली कवियत्री करूणा झा ,श्वेता झा ,बन्धना मिश्रा,कामनि ठाकुर,नियुत्न झा सञ्चारकर्मी नविन कुमार निर्भय यादव लगायतको सहभागिता रहेको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page