धर्म संस्कृति राष्ट्रिय

भोली बुधबार बकर इद (ईद उल अजहा) पर्वको अवसरमा सार्वजनिक बिदा

कञ्चनरुप (सप्तरी) । सरकारले इस्लाम धर्मालम्बीहरुले मनाउने बकर इद (ईद उल अजहा) पर्वको अवसरमा भोली सार्वजनिक बिदा दिइएको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै बकर इदको अवसरमा २०७६ श्रावण ६ गते बुधबार नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु, निकायहरु र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सूचनामा नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८/०४/०४ गते निर्णय भएको हुँदा सम्बन्धित सवैको जानकारीको लागि सूचना प्रकाशित गरिएको उल्लेख छ।


   

Add Comment

Click here to post a comment

You cannot copy content of this page