समाचार

सप्तरीका सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरु आज देखि एक साताका लागि बन्द

कञ्चनरुप (सप्तरी) , ६ जेठ । सप्तरी जिल्लामा आज देखि एक साताका लागि सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरुले दिने सेवाहरु बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी गरिएको सूचना अनुसार कोरोना संक्रमणको जोखिमलाई मध्य नजर गर्दै जिल्ला भरी सञ्चालित सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरुले अत्यावश्यक ,औषधी उपचार, स्वास्थ्य सामाग्री र काजक्रिया आदी बाहेक अन्य बैंकिङ्ग सेवाहरु आज देखि १२ गते बुधबार सम्म एक साता बन्द गरिने भएको छ ।
प्रशासनले बैंक तथा बित्तिय संस्थालाई सम्पर्क व्यक्ति र सम्पर्क नम्बर सम्बन्धी सूचना जारी गर्न समेत अनुरोध गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page