स्वास्थ्य

आज ६ हजार २ सय ५ जना संक्रमणमुक्त ,थप ४ हजार ३६९ जनामा संक्रमण पुष्टि,१ सय ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज १० हजार ९ सय ८६ नमूनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय २ जना र १ हजार ७ सय ८४ नमूनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा आज थप ६ हजार २ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
१ सय ९ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
नेपालमा जम्मा १ लाख ८ हजार ८ सय ९७ जना सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय सङ्क्रमितमध्ये १ लाख १ हजार ३ सय ३४ जना होम आइसोलेसन तथा बाँकी ७ हजार ५ सय ६३ जना विभिन्न अस्पताल एवं संस्थागत आईसोलनसन केन्द्रहरूमा रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page