समाचार

सप्तकोशीद्वारा उप–प्रमुख चौधरीको १३ औं पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना

खगेन्द्र कार्की /
फत्तेपुर (सप्तरी) जेठ १६ गते ।
सप्तरीको सप्तकोशी नगरपालिकाले उप प्रमुख आशा चौधरीको १३ औं दिनको पुण्य तिथिको अवसरमा आज (आइबतार) श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
सो श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नगर प्रमुख उत्तम कुमार शर्मा गौतमले उपप्रमुख चौधरीको असामहिक र अकल्पनीय निधनले सप्तकेशी नगरपालिका अत्यन्तै स्तब्ध भएको र उहाँको निधनले सप्तकोशी नगरपालिकाले एक कुशल, शालिन जनप्रतिनिधि तथा असल अभिभावक गुमाएको बताउनुभयो । आफ्नो कार्यावधिमा निर्वाचित जनप्रतिनिधिको रुपमा उहाँले पुर्याउनु भएको सेवा, सहयोग र योगदान समेत स्मरणीय रहेको गौतमले बताउनुभयो ।

उपमेयर को तस्बिरमा माल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गरिएको वडा नम्बर २ का वडा सदस्य जाहिर हुसेनले जानकारी दिनुभयो । श्रद्धाञ्जली सभामा वडा अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिकाका सदस्यहरु र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उप प्रमुख चौधरीको जेठ ४ गते मंगलबारका दिन कोरोना संक्रमणबाट ३७ वर्षको अल्पायुमै निधन भएको थियो। उहाँको विराटनगर स्थित विराट नर्सिङ होम अस्पतालमा मंगलवार विहान ४ वजे निधन भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page