समाज

एक छाक राहत वितरण कार्यक्रमले गरीब विपन्न परिवारमा ल्याएको खुशी

उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) , जेठ १७ गते ।
निषेधाज्ञा प्रभावित सप्तरीका अति गरिब, विपन्न, दैनिक ज्यालादारी मजदुर एकल परिवारको सहारा बनेकी सुनिताको प्रतिक्षामा बस्ने गरेका छन् ।
राजविराज निवासी सुनिता कुमारी साहले ती परिवारका लागि राहत सामाग्री जोहो गरेर घर–घरमा पु¥याउने गर्नुभएको छ । कोभिड–१९ नियन्त्रण र रोकथामको लागि जारी निषेधाज्ञामा अहिलेसम्म कतैबाट पनि राहत नपाइरखेको अवस्थामा उनीहको परिवारको छाक टार्न समस्या नहोस भनेर साइकल र टाउँकोमा राहत बोकेर सुनिता घरदैलोमा पुग्ने गर्नुभएको छ ।
सामाजिक अभियन्ता तथा राष्ट्रिय एकता अभियानकी केन्द्रीय उपाध्यक्ष समेत रहनुभएको सुनितालाई अर्की अभियन्ता रमिलाले साथ दिनुभएको छ । पानी, घामको वेवास्ता नगरी दुबै अभियानीहले एक छाक राहत सामग्री लिएर झुप्रोमा पुग्दा उनीहरु निकै खुशी हुने गरेका छन् ।

सप्तरीमा विषेधाज्ञा जारी भएपछि घर बाहिर निस्किन नसकिने, निस्किएपनि रोजगार नपाउने ती वर्गका परिवारलाई दैनिक हातमुख जोड्न समस्या झेल्नु परेको पीडाबाट अभिप्रेरित भएर एक छाक राहत सामग्री लिएर घर–घरमै पुग्ने गरेको सुनिताले बताउनुभयो । ती वर्गका परिवारलाई पहिचान गरी निषेधाज्ञा र स्वास्थ्य सुरक्षाको पालना गर्न घरमै राहत पु¥याउने अभियानकै रुपमा कार्य गरिरहेको उहाँले बताउनुभयो ।
पछिल्लो दुईसातादेखि दैनिक एक छाक राहत सामग्री वितरण गर्दै आउनुभएको राष्ट्रिय एकता अभियान सप्तरीका प्रमुख रमिलाकुमारी साहले जानकारी दिदै राजविराज नगरभरी मात्रै करिब २०० परिवारलाई राहत वितरण गरिसकेको बताउनुभयो । एक छाक राहत सामग्रीमा दुई किलो चामल, दाल, आलु र नून दिने गरेको उहाँले जानकारी दिनुभयो ।
एक परिवारमा औषत पाँच जनाको दरले एक हजार जना लाभान्वित भइसकेको उहाँले बताउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page