शनिबार, २२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, २२ कात्तिक २०८३
समाज

सप्तरीमा सञ्चारकर्मी दम्पतिले ५० परिवारलाई राहत वितरण गरेर मनाए वैवाहिक वर्ष

राजविराज , १८ जेठ । पछिल्लो समय निकै तामझमका साथ बैवाहिक वर्षगाँठ मनाउने चलन देखिएको छ । केक काटेर भव्य भोज भतेर गरेर खुशीयालीसाथ वर्षगाँठ मनाउने गरेको सर्वत्र देखिन्छ । सप्तरीका एक वरिष्ठ सञ्चारकर्मीले त्यो भन्दा फरक शैलीमा आफ्नो वैवाहिक वर्षगाँठ मनाइएर उदाहरण प्रस्तुत गरेका छन् ।
आफ्नो विवाहको १९ वर्षगाँठको अवसरमा एक छाक राहत सामग्री लिएर राजविराज नगरपालिका वार्ड नम्बर ६ स्थित एक बस्तिमा पुगे । कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि जारी निषेधाज्ञाबाट अति प्रभावित सो वार्डका उक्त वस्तिका गरिब, विपन्न, दैनिक ज्यालादारी मजदुर एकल महिला गरी ५० परिवारलाई एक छाक राहत वितरण गरेर नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष तथा गोरखापत्र दैनिकका सम्वाददाता धीरेन्द्रप्रसाद साह र उहाँकी पत्नी शिक्षिका सुनिताकुमारी साहले वैवाहिक वर्ष मनाउनु भएको हो ।
निषेधाज्ञा जारी भएयतादेखि सामाजिक अभियन्ता तथा राष्ट्रिय एकता अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साह र अभियानका सप्तरी प्रमुख रमिलादेवी साहले अभियानकै रुपमा वितरण गर्दै आएको एक छाक राहत कार्यक्रम मार्फत नै साह दम्पतिले भोजभतेरको खर्च काटेर राहत वितरण गरेको बताइएको छ । दम्पति साहले १०० किलो चामल, सोही अनुपातमा आलु, दाल, नून सहयोग गर्नु भएको अभियानी रमिलाले बताउँनु भयो ।

एक छाक राहत सामग्री अन्तर्गत दुई किलो चामल, दाल, आलु र नून दिने गरेको जानकारी गराइएको छ । यस राहतले एक परिवारमा औषत पाँच जनाको दरले दुई सय पचास जना लाभान्वित भएका छन् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page