समाचार समाज

कञ्चनरुप नपाद्वारा कोभिड–१९ संक्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) , २८ जेठ ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
आज (शुक्रवार) नगर प्रमुख बसन्त कुमार मिश्रको नेतृत्वमा गएको टोलीले मृतकको घर मै गई नगद रु. २५ हजारका दरले प्रत्येक मृतकका परिवारलाई क्रिया खर्च बापत नगर पालिकाले आर्थिक सहयोग गरेको नगर प्रमुख मिश्रले बताउनुभयो ।
नगर कार्यपालिकाको बैठकबाट निर्णय गरी कोभिड–१९ संक्रमणबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरिएको नगर प्रवक्ता राजकुमार साहले बताउनुभयो ।

कञ्चनरुप नगरपालिकाले बिरामी हुँदा समेत राम्रो सहयोग गरेको नगर प्रमुख बसन्त कुमार मिश्र बेलाबेलामा आई बिरामीको अवस्था बुझ्ने काम गर्नुहुन्थ्यो तर आज मृत्यु भई सकेपछि क्रिया खर्च भनेर नगद २५ हजार नगर प्रमुख आफैं आई आर्थिक सहयोग गर्नुभएकोमा खुशी व्यक्त गर्नुहुन्छ एक मृतककी पत्नी निलम कर्ण ।
कोभिड–१९ संक्रमणका कारण कञ्चनरुप नगरपालिकामा २२ जनाको मृत्यु भइसकेको छ । सबभन्दा बढी वडा नं. ८ मा ८ जना रहेका छन् । त्यसैगरी वडा नं. १२ मा ४ जना, वडा नं. ४, ९ र ११ मा दुई÷दुई जना, वडा नम्बर २, ३, ५ र ७ मा एक÷एक जनाको मृत्यु भएको स्वास्थ्य शाखाका सह–संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
कञ्चनरुप नगरपालिकामा हालसम्म ३ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page