स्वास्थ्य

आज ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भए, थप ६१ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
त्यसैगरी आज ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन् ।
कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ ।  नेपालमा ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ । 

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page