कञ्चनरुप (सप्तरी), जेष्ठ ३१ गते । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण घट्दै जाँदा स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन् । जिल्लाका केही स्थानीय तहले भने भोली मंगलबारबाट सामुदायिक विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेका छन् ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाले एक सूचना जारी गर्दै भोलीबाट सामुदायिक विद्यालय र धार्मिक विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
सूचनामा भनिएको छ –२०७८ असार १ गतेदेखि नयाँ सैक्षिक सत्र सुरु हुने भएकाले यस हनुमाननगर कंकालिनी नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयहरूले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्दै मिति २०७५–०३–०१ गते देखि विद्यालय प्रशासन खोली सबै शिक्षकहरुलाई नियमित रुपमा विद्यालयमा उपस्थित गराइ नयाँ शैक्षिक सत्र सञ्चालनका लागि विद्यार्थी भर्ना, विद्यालयको वार्षिक कार्ययोजना लगायतका सम्पूर्ण प्रशासनिक कार्यहरु सञ्चालन गर्न गराउनुहुन अनुरोध गरिएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/hanumannagar--1024x941.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/hanumannagar--1024x941.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment