समाचार

सप्तरीको छिन्नमस्ताबाट ३१ किलो ६३० ग्राम गाँजा बरामद

कञ्चनरूप, भदौ २८ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ३१ किलो ६३० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ।

भदौ २७ गते शनिबार सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. छिन्नमस्ता र अन्य सुरक्षा निकायको संयुक्त टोलीले विशेष सूचनाका आधारमा मोहनपुर सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा निगरानी गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो।

बरामद गरिएको लागूऔषध गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

You cannot copy content of this page