समाचार

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजको १३ ढोका खुल्ला गरियो

कञ्चनरुप । बिहानै देखि पहाडी भेगमा अविरल वर्षाले गर्दा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजको १३ ढोका खुल्ला गरिएको छ ।
पानीको वहाव बढ्दो क्रममा रहेकाले नदी तटबन्ध क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको छ ।
उहाँले बिहानै देखि पानीको बहाव बढिरहेको तर खतराको अवस्था नरहेको बताउँदै अहिलेसम्म कोशीले खतराको तह पार नगरेको बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page