समाचार

उदयपुरको मोतिगढाबाट एक थान अटोमेटिक पेस्तोलसहित पर्शुराम चौधरी पक्राउ

उदयपुर, असार ३ गते । उदयपुर प्रहरीले त्रियुगा नगरपालिका–३ मोतिगढाबाट एक थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका ३ मोतिगढाका ५० वर्षीय पर्शुराम चौधरीलाई अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ।
चौधरीले हतियार लुकाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा बुधबार राती १० बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट अटोमेटिक मेडइन युएसए लेखिएको एक थान पेस्तोल र त्यसमा प्रयोग हुने ५ राउण्ड गोली फेला पारेको थियो ।
प्रहरीले उनको कोठाबाट अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओबादी केन्द्र लेखिएको सदस्यता पत्र थान ३, अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र थान ८५ समेत फेला पारेको थियो ।
चौधरी उपर थप अनुसन्धान तथा कानुनि कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page