समाचार

नेपालमा आज २ हजार १४१ जना निको भए, ३९ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ७ सय ११ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय ६८ जना तथा ४ हजार ७ सय ७३ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय ३९ जना गरी जम्मा २ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ४१ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ५ लाख ४५ हजार ६ सय ६२ जना निको भएका छन् ।
त्यस्तै आज कोरोना सङ्क्रमणबाट ३९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ५ सय ९७ पुगेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page