समाज

मनकारी कटुवाल दम्पतीद्वारा हातमुख जोर्नै गारो भएका ४१ घरपरिवारलाई राहत बितरण

शिव आचार्य /
फत्तेपुर , असार ४ गते ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ५ गंगाजलिका कटुवाल दम्पतीले लकडाउनका कारण हातमुख जोर्नै गारो भएका ४१ घरपरिवार लाई शुक्रवार राहत बितरण गरेका छन् । स्थानीय रुद्रबहादुर कटुवाल र लिला कुमारी कटुवालले राहत बितरण गर्नुभएको हो।
गरिबहरुको धेरै बिजोक भइसक्यो । लकडाउन छ काम सबै तिर बन्द छ के गर्ने राहत बितरण कार्यक्रममा बोल्दै रुद्र बहादुरले भने हेर्दै दया लागेर आयो र सकेको सानो सहयोग गरेको हुँ।
कोरोनाको माहामारी छ को मर्दो को बाच्दो मान्छे घर बाट बाहिर जाने अवस्था छैन् राहत बितरण गर्दै गर्दा कटुवाल श्रीमती लिलाले भनिन् मानिस लाई सम्पत्ति जति भए नि पुग्दैन । यस्तो अबस्थामा गरिब दुखिलाई दान गर्नु उचित ठानेर राहत सामाग्री भेला गरेउ र आज बितरण गरेको हो।

गरिब दुखीलाई दान गर्नु सबै भन्दा ठूलो कार्य हो । मानिसको रोजगारी गुम्यो । बेरोजगार बढे यस्तो अबस्थामा कोहि खाने र कोहि हेर्ने जस्तो भैयो। त्यसकारण सबैको घरको चुलो बलोस भनेर राहत बितरण गर्न उपस्थित भएकी कटवालकी कान्छी बुहारी मुनाले भनिन्।
राहत सप्तकोसी नगरपालिका वडा नम्बर ४ र ५ का अति बिपन्न ४१ परिवार लाई बितरण गरिएको थियो। राहतमा चामल,दाल,पिठो,तेल नुन लगायतको सामग्री रहेको रुद्र कटवालले जानकारी दिए।

तीन छोरा बुहारी दुईछोरी र नातिनातिनाका सरक्षक रुद्र कटुवाल समाजमा पनि समाजसेबीका रुपमा परिचित छन । गाउँमा हुने अधिकांश बिकास निर्माणमा कटुवालकै नेतृत्व हुन्छ वडा अध्यक्ष दिपक लेखिले भने।
ससाना काम देखि ठुला बिकासे योजनामा पनि उहाँको अग्रसरता जगरिलो हुन्छ । वन समिती,सडक , खाने पानी , सिचाइका लागि गरिएको बिकासमा पनि कटुवालले जिवनका धेरै वसन्त बिताएका छन्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page