समाचार

कञ्चनरुपद्वारा इ.प्र.का.कञ्चनपुरमा आउनुभएका डिएसपि तिमिल्सीनालाई स्वागत

कञ्चनरुप, १९ असार । इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा सरुवा भई आउनुभएका प्रहरी नायव उपरीक्षक (डिएसपि) लोकनाथ तिमिल्सीनालाई शनिवार कञ्चनरुप नगरपालिकाले एक कार्यक्रम गरी स्वागत गरेको छ ।
स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले कञ्चनरुप नगरपालिकाको बस्तुस्तीका बारेमा जानकारी गराउँदै नगरपालिकाको हरेक क्रियाकलाप र शान्ति सुरक्षा सुशासन कायम गर्न सफलता मिलोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

प्रहरी नायव उपरीक्षक (डिएसपि) लोकनाथ तिमिल्सीनाले आफ्नो कार्यकालमा कञ्चनरुप नगरपालिका लगायत यस क्षेत्रको विकासिय काम शान्ति सुरक्षा , अमनचयन र सुशासन कायम गर्न आफू लागि पर्ने बताउनुभयो ।
उप प्रमुख निरु पोखरेल, प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, प्रशासन शाखाका राजेश कुमार यादव लगायतका वक्ताहरुले डिएसपि तिम्सिनाको कार्यकाल राम्रोसँग सरल तरिकाले बितोस भन्ने शुभकामना दिनुभयो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट सरुवा भई जानु भएका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहलाई बुधबार बिधाई गरेको नगरपालिकाले जनाएको छ ।
तिमिल्सीना काठमाडौंबाट सरुवा भई इलाका प्रहरी कार्यालय कञ्चनपुर आउनुभएको हो भने सिंह इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट सरुवा भई हेटौंडा जानुभएको जनाइएको छ ।
नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page