कञ्चनरुप , २० असार । सप्तरीको कञ्चनरुप नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबारबाट नगरपालिकाको सभाहलमा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा लेखापालका लागि पाँच दिने लेखा व्यवस्थापन सम्बन्धि तालिम सुरु भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले विद्यालयलाई राम्रो बनाउन गुणस्तरीय शिक्षा क्षमतावान विद्यार्थी हुन आवश्यक रहेको बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/211298243_1179934912479429_4567938371819463885_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/211298243_1179934912479429_4567938371819463885_n.jpg)
उपप्रमुख निरु पोखरेल, प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, लेखा अधिकृत राजेशकुमार राज, लेखा शाखाकी रञ्जना चौधरी, शिक्षा शाखाका संयोजक ललित नारायण यादव लगायतका वक्ताहरुले विद्यालयको भौतिक पूर्वाधारको विकास सँगै आर्थिक कारोबार चुस्तदुरुस्त भएमा विद्यालयको भविष्य उज्वल हुने बताउनु भयो ।
सामुदायिक विद्यालयका प्रधानाध्यापक , शिक्षक , लेखापालहरु सहभागी तालिममा लेखा अधिकृत राजेश कुमार राजले सहजीकरण गर्नुभएको थियो भने शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत प्रेमकुमार चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/202200098_213329853995572_4233633484139831024_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/202200098_213329853995572_4233633484139831024_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment