समाचार

सप्तरीको ९ वटा नगरपालिका मध्ये कञ्चनरुप र ९ वटा गाउँपालिका मध्ये रुपनी उत्कृष्ठ

कञ्चनरुप (सप्तरी), २१ असार । सप्तरीको ९ वटा नगरपालिकामा कञ्चनरुप नगरपालिका उत्कृष्ठ भएको छ भने ९ वटा गाउँपालिकामा रुपनि गाउँपालिका उत्कृष्ठ भएको छ ।
जिल्ला समन्वय समिति सप्तरीको दोस्रो जिल्ला सभामा कञ्चनरुप नगरपालिका र रुपनी गाउँपालिकालाई सबै भन्दा राम्रो काम गरेको उत्कृष्ठ ठहर गर्दै सम्मान गरिएको हो ।
त्यसैगरी कञ्चनरुप नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका , जिल्ला समन्वय समिति सप्तरीका गंगाराम साह र कमलेश्वर विरागीलाई राम्रो काम गरेकोमा उत्कृष्ठ कर्मचारी भएको भन्दै सम्मान गरिएको थियो ।

जिल्ला सभाको उद्घाटन गर्दै प्रदेश नम्बर २ का सभामुख सरोज कुमार यादवले स्थानिय तहले सोचे अनुसारको काम गर्न नसकेकोमा दुख व्यक्त गर्नुभयो । उहाँले स्थानिय तहले जनतामुखी भएर काम गर्नुपर्ने भनेर सुझाव समेत दिनुभएको थियो ।

प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त कुमार मिश्र, तिलाठि कोइलाडि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला सभामा जिल्ला समन्वय समितिका सप्तरी प्रमुख प्रभाकर यादवले जिल्लाको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा जिल्ला सभा भएको थियो ।

   

1 Comment

Click here to post a comment

You cannot copy content of this page