समाचार

वस्तुको बजारीकरणका लागि लघु उद्यमी र उद्यमी व्यापारी बीच अन्तरक्रिया

डम्बर राई —उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) , असार २३ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वित्तिय संस्थाका ,पदाधिकारी र लघु उद्यमीहरु बीच लघुकर्जा पहुँच विषयक र वस्तुको बजारीकरणका लागि लघु उद्यमी र उद्यमी व्यापारी बीच अन्तरक्रिया गरेका छन् ।
बुधवार नगरसभामा सम्पन्न अन्तरक्रियामा उधमीका लागि चाहिने वस्तु (आर्थिक, भौतिक) तिनका परिपूर्ती कहाँ र कसरी गर्न सकिन्छ साथै यसमा ध्यान पुर्याउनु पर्ने सम्बन्धमा सहजीकरण भएको थियो ।
यस अघि नगरपालिकाले विभिन्न वडाहरुमा दिइएको महिला उधमी तालिमबाट सिकेर निर्माण गरिएका समानहरु समेत सो कार्यक्रममा राखी बजारीकरण गर्दा निर्धारण के कसरी गर्न सकिन्छ ? र यसको गुणस्तर मापदण्ड साथै समयावधि लगायतका बारेमा जानकारी गराइएको थियो ।

लघु उद्यमीद्वारा तयार पारिएको मुढा, दालमोठ भुजिया, पोते,कपालमा लगाउँने धागो, माला, बाला, चुरा, गुडिया, (डल) लगायत समानहरु राखिएको थियो ।
महिलाहरु आत्म निर्भर बन्नुपर्छ, महिलाले सिप सिकेर लघु उधमी बन्न सकेमात्र आत्म निर्भर बन्न सकिन्छ भन्ने आव्हानका साथ नगरपालिकाले दिइएको तालिमबाट केहि महिला सक्षम बने तर उनिहरुलाई आर्थिक तथा भौतिक वस्तुको अभाव भने उस्तै छन् । अब यो समस्या समाधान गर्न लघुकर्जाको पहुँचमा आउँन के कस्ता प्रावधान छन् ? र यसको प्राप्ती कहाँ र कसरी हुन्छ ? साथै लघु उधमीहरु होसियारी हुनुपर्ने जस्ता केहि सुझाव कार्यक्रममा जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका कृष्णदेव मण्डल, महुली लघुवित्त सहकारी संस्थाका डम्बर नारायण यादव र महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका कल्पना चौधरीले दिनुभएको थियो ।

कार्यक्रममा ऋण लिने, ऋणको मापदण्ड र सिप विकासका लागि खेल्ने भूमिका सम्बन्धि विचार आदान प्रदान भएकाछन् ।
दालमोठ भुजिया व्यापारी संतोष कुमार सिंह, गुडिया, पोते, चुरा, धागा व्यापारी उमाशंकर गुप्ता र मुढा व्यापारी बुधनी देवी खंगले आ आफ्नै व्यापार विषयमाथी प्रकाश पार्दै सामनहरुको गुणस्तर, मुल्य निर्धारण के कसरी गर्ने लगायतका बारेमा जानकारी दिनुभएको थियो ।
सबै सिप विकास तथा निर्माणका लागि उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयको ससर्त अनुदान र नगरपालिकाको आयोजनामा यो कार्य भएको र हुदै गरेको लघु उधम विकास इकाईकी प्रमुख चाँदनी लेखीले जानकारी दिनुभयो ।
कार्यक्रमको उदघाटन समारोहमा नगर प्रमुख बसन्त कुमार मिश्रले भन्नुभयो, गरिवी हामीले आफैले निम्त्याएका छौ, हामीहरुले कडा मेहनेत गर्दैनौ भने हाम्रो स्तिथिमा सबलता आउँदैन । जानेका सिपलाई व्यवहारमा उतारेर लैजाने हो भने कोहिपनि भोको, नाङ्गो बस्न बाध्य हुदैन तर जानेका सिप अनुसारको काम गर्दै गर्दैनन् । काम नपाएका, पढेलेखेका नभएका वा आर्थिक सबलता नभएकाहरुले पनि घरैमा बसेर लघु उधमी बन्न सकिन्छ । यसका लागि नगरपालिकाले चाहिएको सहयोग गर्छ तपाइहरु लाग्नुस् नगर प्रमुख मिश्रले आँट दिनुभयो । आत्म निर्भर बन्न आफुले कम्मर कसेर लाग्नुस् सफलता पाइन्छ उहाँले सुझाव दिनुभयो ।

यस्तै नगर उप प्रमुख निरु पोखरेलले महिलाहरुले यस्ता सिप विकासबाट प्राप्त ज्ञानले आय आर्जनको ढोका खोल्नेछन् भन्नुभयो । महिला आज घर, समाजमा हेपिएका एउटै कारण हो आफु अर्काको यधपी ,पुरुषको भरमा रहने र आत्म निर्भर हुन नचाहाने । त्यसैले महिलाहरुले पनि उद्यमी बन्ने तर्फ लाग्नुपर्छ यसका लागि धेरैको लगानी गर्नुपर्ने छैन , थोरैले पनि हुन्छ उहाँको सुझाव थियो ।
प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले पनि गरिवी निवारणका लागि सिपसंग आधारित लघु उधम कार्यक्रम अति उपयोगि हो तर यस तर्फ नेपालमा कमै देखिएको बताउँनु हुदै भन्नुभयो, यसमा केहि कमीकमजोरी छ त्यसलाई हल गर्दै लैजानु पर्छ बानीको विकास हुन्छ । उहाँले सहभागिहरुसंग पनि समस्या बुझने काम गर्नुभयो ।

गरिवीलाई हटाउँन हामीले निर्धक्क भएर जानेका काम गरौं, हाम्रो परिस्थितिमा परिवर्तन आउँछ उहाँले भन्नुभयो कामले हामी साना ठुला हुदैनों तपाइहरुले उत्पादन गरेका सामन बजारीकरणको पनि व्यवस्था हुन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page