स्वास्थ्य

आज २ हजार १६९ जनामा संक्रमण पुष्टि , १ हजार ४३२ जना निको भए, थप २२ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप २ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ हजार ५ सय ३० नमूनाको पिसिआर परिक्षण गर्दा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ८७ नमूनाको एन्टीजेन परिक्षण गर्दा ८ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज १ हजार ४ सय ३२ जना कोरोना संक्रमित निको भएका छन् ।
कोरोना सङ्क्रमणका कारण आज थप २२ जनाको मृत्यु भएको छ । यो सँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ३ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page