स्वास्थ्य

कञ्चनरुप स्वास्थ्य शाखाद्वारा ३ दिने सिबिआइ एमएन सिआई पूनर्ताजगी तालिम सुरु

कञ्चनरुप , २८ असार । कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुर सप्तरीको आयोजनामा सोमबार नवदुर्गा महिला सहकारीको सभाहलमा ३ दिने सिबिआइ एमएन सिआई पूनर्ताजगी तालिम सुरु गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउनका लागि स्वास्थ्यकर्मीहरुको क्षमतामा विकास गर्नका लागि यो तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले नगरपालिका सप्तरीमा त उत्कृष्ट भयो अब स्वास्थ्यकर्मीहरुले नेपालमै उत्कृष्ट हुनेगरी काम गनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत नवराज खडका , स्वास्थ्य शाखाका स-संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादव, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले विगत ११ महिनाको समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकिकृत व्यवस्थापन, कार्यक्रमको समिक्षा गर्ने र कमिकम्जोरीहरु केलाउने, यो कार्यक्रम राम्रो सँग सञ्चालन गर्न स्वास्थ्यकर्मीहरुको दक्षता अविवृद्धि गर्ने तालिमको उदेश्य रहेको बताउनुभयो ।

स्वास्थ्यकर्मीहरु सहभागी तालिममा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्थ्य अधिकृत कपिलदेव साहले सहजीकरण गर्नुभएको थियो भने स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवको अध्यक्षतामा तालिम सुरु भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page