राजनीति

फत्तेपुरमा राष्ट्रिय युवा संघद्वारा प्रधान न्यायाधीश चौलेन्द्र शमशेरको पुत्ला दहन

फत्तेपुर सम्वाददाता /
असार २९ गते ।
सर्बोच्च अदालतको गलत निर्णय बिरुद्ध मंगलबार फत्तेपुरमा बिरोध कार्यक्रम आयोजना गरिएको छ। बिरोध कार्यक्रममा सर्बोच्च अदालतका प्रधान न्यायाधीश चौलेन्द्र शमशेरको पुत्ला दहन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले का नगर कमिटी अध्यक्ष पारस दाहालले प्रधान न्यायाधीश चौलेन्द्र शमशेर खिलाराज हुने लालचामा फसेको बताए । जनताको म्यान्डेटलाई बाइपास गर्दै सर्बोच्चले निरङ्कुस शैलीमा काङ्ग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश गरेको बताए ।

कार्यक्रममा बोल्दै दाहालले अब बन्ने सरकारले एक महिनामा बिश्वासको मत प्राप्त गर्न नसक्ने बताउँदै यो सरकार एक महिने सरकार भएको बताए ।
त्यस्तै राष्ट्रिय युवा संघ नेपाल सप्तकोसी नगर कमिटीका अध्यक्ष अजय श्रेष्ठले सर्बोच्चले कानुन हातमा लिएर सिधै प्रधानमन्त्री नियुक्त गर्नु गैर संबैधानिक भएको बताए । ससदिय ब्यबस्थामा भएको मुलुकमा न्यायपालिकाले ठाडो रुपमा प्रधानमन्त्री घोषणा गर्नु ले न्यायपालिका निरङ्कुस तर्फ अघि बढेको भान हुन्छ भन्दै युवा संघ नेपालले सदैव बिरोध जारी राख्ने बताए।


कार्यक्रममा नेकपा एमाले का नगर कमिटीका सदस्य तथा युवा संघका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा सर्बोच्चको कदम विरुद्ध चर्का नारा लागाइएको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page