राजनीति

सर्बोच्च अदालतको अलोकतान्त्रिक र गैरसंबैधानिक कदम विरुद्ध राजविराजमा प्रदर्शन

राजविराज , २९ असार । सप्तरीमा नेकपा एमाले निकटका अनेरास्ववियु र युवा संघ नेपालले मंगलबार विरोध प्रदर्शन गरेको छ । सर्वोच्च अदालतको परमादेश विरुद्ध युवा, विद्यार्थीहरुले राजविराज र फत्तेपुरमा प्रदर्शन गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको पुतला दहन गरेका हुन् ।
राजविराजमा युवा संघका संयोजक चितरन्जन यादव र अनेरास्ववियुका अध्यक्ष ललीतनारयण रजकको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।

अनेरास्ववियुका केन्द्रिय सदस्य एबम् सप्तरी जिल्ला संयोजक ललित नारायण रजकको नेतृत्वमा राजबिराजस्थित पुनराबेदन अदालत अगाडीबाट निकालिएको ¥याली सहिद दशन चौकमा पुगेर प्रधानन्यायाधीश जबराको पुतला दहन गरेका थिए ।

साँसद पुनस्र्थापना तथा देवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश खारेज गर, प्रधानन्यायाधीश जबरा मुर्दाबाद, केपि ओलि जिन्दावाद सहितका नाराजुलुस लगाउँदै नगरपरिक्रमा गरि दशन चौकमा पुगेर बिद्यार्थीहरुको बिरोध कार्यक्रम समापन भएको थियो ।

त्यसैगरी आजै जिल्लाको सप्तकोसी नगरपालिका स्थिति फत्तेपुर बजारमा समेत सर्बोच्च अदालतको गलत निर्णय बिरुद्ध मंगलबार बिरोध कार्यक्रम आयोजना गरिएको गरिएको थियो। बिरोध कार्यक्रममा सर्बोच्च अदालतका प्रधान न्यायाधीश चौलेन्द्र शमशेरको पुत्ला समेत दहन गरिएको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page