स्वास्थ्य

थप २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु, १ हजार ६०६ सङ्क्रमणमुक्त

काठमाडौं । नेपालमा आज थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
८ हजार १ सय ८ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार १० जना तथा ४ हजार ९ सय १६ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ सय ९५ जना गरी जम्मा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्याले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ६ लाख २४ हजार ७ सय ११ जना निको भएका छन् ।
आज कोरोना सङ्क्रमणबाट १८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ४ सय ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरि २६ हजार ६ सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page