अर्थतन्त्र समाज

सप्तरीमा ब्वाईलर कुखुराको मासुको भाउ आकासिएर प्रतिकेजी चार सय पुग्यो

बृजमान तामाङ /
बिरेन्द्र बजार, साउन १ गते ।
सप्तरीमा ब्वाईलर कुखुराको मासुको भाउ वृद्धि भएको छ । एकहप्ता अघि प्रतिकोलो तीन सयमा पाउने ब्वाईलर कुखुराको मासुको भाउ बिहीवार प्रतिकिलो चार सय रुपैया भएको हो ।
एकसाताको अन्तरमा एक सय रुपैयाले मासुको मुल्यबृद्वी भएको उपभोक्ताहरुले जानकारी दिए । बजारमा सहजरुपले पाउने ब्वाईलर कुखुराको मासुको भाउ बढेपछी उपभोक्तहरु मारमा परेका छ्न ।
बजारमा ब्यापारीहरुले मासुको भाउ एकै पटकमा निकै बढाएको छ, एक उपभोक्ताले भने, एकसाता मात्र २ सय ८० देखि ३ सय सम्ममा पाउदै गरेको मासुको भाउ चार सय पुगेको छ । ब्यापारीले कृषकसंग सस्तोमा कुखुरा ल्याएर बढी मूल्यमा बिक्री गरेको उपभोक्ताहरु बताउछन् ।

फर्मबाट १ सय ७० प्रतिकिलो जिउदो कुखुरा ल्याएर ब्यापारीले फ्रेस हाउसमा ४ सय रुपैयामा मासु बिक्रि गरि उपभोक्तालाई ठगी गरेको उनीहरुको भनाई छ । फ्रेस हाउस सञ्चालहरुले कुखुरा खरिद महङ्गो परेकोले सामुको भाउ बढाएको बताउछन् ।
कुखुरा भेट्नै गाह्रो छ, एक फ्रेस हाउस सञ्चालकले भने, धैरै कठिनाईका साथ फार्मबाटै २ सय ७० रुपैया तितेर जिउदो कुखुरा ल्याउनु पर्छ । उनले प्रतिकिलो ४ सयको दरले बिक्रि गर्दा समेत मासु किन्नेको भिड कम नभएको बताए ।

लकडाउन खुकुलो भएलगत्तै जिल्लाबाट बहिर कुखुरा निर्यात भएकाले पनि ग्रहकको माँग बमोजिम पुर्याउन नसकिएको फ्रेस सञ्चालकहरुको भनाई छ । कोरोना माहामारीबाट गरिएको निशेधआज्ञा खकुलो भएसंगै बजारमा उपभोक्ताको चाँप बढेपछि ब्यापारीहरुले फाईदा उठाउने गरेका छन् ।
ब्यापारीहरुले मनपर्दी मूल्य तोकेर दैनिक उपभोग्य बस्तुमा उपभोक्ता ठगि गर्दा समेत नियमन गर्ने निकाय भने मौन छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page