समाचार

विपद परेको बेलामा सहयोग गर्न र सामाजिक कार्यमा राष्ट्रिय युवा संघ कञ्चनरुपको अग्रसरता

कञ्चनरुप (सप्तरी) । राष्ट्रिय युवा संघ नेपाल कञ्चनरुप नगर कमिटीले मंगलवार सप्तकोशी नगरपालिका वडा नम्बर २ मा त्रियुगा नदीमा आएको बाढीले बाँध कटान गर्न थालेको थाहा पाएपछि कटान गरेको ठाउँमा गई बाध बाध्न सहयोग गरेको छ ।
सप्तकोशी नगरपालिका वडा नम्बर २ का वडा सदस्य जाहिर हुसेनले राष्ट्रिय युवा संघ नेपाल कञ्चनरुप नगर कमिटी कञ्चनपुर सप्तरीका अध्यक्ष जैनुदिन मियाँलाई त्रियुगा नदीमा आएको बाढीले बाँध फुटाउन लागेको जानकारी गराएपछि अध्यक्ष मियाँको नेतृत्वमा युवा संघको टोली गई बाँध बाध्न सहयोग गरेको हो ।

आपत विपद परेको बेलामा सहयोग गर्नु राष्ट्रिय युवा संघ नेपालको पहिलो कर्तव्य हो र युवा संघले जहिले पनि सकारात्मक सोचकासाँथ रचनात्मक काम गर्ने छ नगर कमिटीका अध्यक्ष मियाँ बताउनु हुन्छ ।
सप्तकेशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्मा गौतमले युवाहरुको सहयोगलाई सरहानिय भएको बताउँदै कञ्चनरुपका युवा संघले उत्कृष्ट कार्य गरेको समेत बताउनुभयो ।
टोलीमा राष्ट्रिय युवा संघ नगर सदस्य कमरुदिन अली, नवराज भुजेल, विजय परियार , सुजन भट्टराई लगायतका २० २५ जना रहेको राष्ट्रिय युवा संघ कञ्चनरुपले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page