डम्बर राई /
कञ्चनरुप (सप्तरी) ,साउन १२ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले एक कार्यक्रम बीच उद्यमी महिलाहरुलाई प्रविधि हस्तान्तरण गरेको छ ।
मंगलवार गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको विभिन्न तालिमको समापन समारोहमा तालिममा सहभागि महिलाहरुलाई समूहगत रुपमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
वडा नम्वर ३ स्थित बरमझियाका राजदेवी तरकारी लघु उद्यमी समूहलाई पानी तान्ने मोटर, क्यारेट, एस्प्रे र हजारी लगायत सबै १३ वटा वरावरीका दरले, वडा नम्वर ५ का रामजानकी र पाथीभरा लघु उद्यमी समूहलाई सिलाई मेसिन ९ वटा, वडा नम्वर ९ का माँ दूर्गा लघु उद्यमी समूहलाई भुजिया छान्ने २, भुजिया साँच १०, कराई २, आरी २, बाल्टीन २ वटा यसैगरी वडा नम्वर ११ का लाली गुराँस र सयपत्री लघु उद्यमी समूहलाई पनि भुजिया छान्ने २, भुजिया साँच ११, कराई २, आरी २, बाल्टीन २ एवं सोही वडाका लाली गुराँस लघु उद्यमी समूहलाई गुडिया सिलाईका लागि सिलाई मेसिन १ र कैंची ११ वटा नगर प्रमुख बसन्त कुमार मिश्रले हस्तान्तरण गर्नुभएको हो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/20210727_142632-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/20210727_142632-1024x768.jpg)
वडा नम्वर ३ मा तरकारी खेती पाँच दिन, वडा ५ मा सिलाई कटाई तालिम तीन महिना, वडा ९ मा दालमोठ भुजिया तालिम पाँच दिन र वडा नम्वर ११ मा गुडिया तालिम १५ दिन र दालमोठ भुजिया तालिम पाँच दिन गराइएको लघुविकासकी सहजकर्ता मिनु चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रम गरिन्छ, यस्ता तालिमहरु दिइन्छ, तर यसमा सकरात्मक प्रभाव प¥योे की परेन त्यो महत्वपूर्ण कुरा हो नगर प्रमुख मिश्रले बताउँनु भयो । उहाँले तालिम प्राप्त गरेका महिलाहरुलाई सुझाव दिदै भन्नुभयो, न्युन स्तर तथा गरिवीको चपेटामा परेका महिलाहरुलाई सिप दिए आत्म निर्भर बन्न सक्नेछन् र यहि सिपलाई उपयुक्त व्यवहारमा उतारेर गरिवी न्युनिकरण तर्फ उन्मुख हुनेछन् भन्ने उदेश्यले हामीले यस्ता तालिम गराएका हौं । नगरपालिकाले सिपसंगै उपयुक्त प्रविधि पनि उपलब्ध गराएका छन् यसको सहि प्रयोग हुनुपर्छ र उपयुक्त प्रयोगले आम्दानी लिन सकिन्छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/20210727_143144-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/20210727_143144-1024x768.jpg)
उहाँले हौसला दिदै भन्नुयो, सिप अनुसारको काममा तपाईहरु जुटिहाल्नुस्, तपाइहरुले निर्माण गरेको सामन बजारीकरणका लागि पनि उपायहरु आउनेछन् साथै कामको अवस्थामा पर्ने आवश्यक सहयोग समेत नगरपालिकाले गरिदिने छ ।
उहाँले कोभिड १९ संक्रमणबाट बच्न अपनाइने स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्नुपर्छ भन्दै संक्रमणको न्युनिकरण भएको मात्र हो निवारण भएको छैन भन्नुभयो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले सिप सिकेर मेहनेत नगर्ने हो भने हाम्रो समस्या समाधान हुदैन भन्नुभयो । जुन उद्घेश्यले सिप हासिल गराइएको छ त्यसलाई त्यत्तिबेला मात्र पूर्णता भएको हुन्छ जत्तिबेला तपाईहरुले निरन्तरता दिइनु हुनेछ । तपाईहरुले निरन्तरता दिइरहेको अवस्थामा लघु उद्यम सिप विकासले थप सहयोगका लागि पछ्याइरहने छ र प्रविधिको उपयुुक्त प्रयोगले रोजगारमुखी बनेर गरिवी न्युनिकरण हुने बिश्वस्त दिलाउनु भयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/20210727_150322-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/20210727_150322-1024x768.jpg)
कार्यक्रम फोकल पर्सन राजेश कुमार यादवले पनि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत दिइएका विभिन्न तालिमले गरिवी न्युनिकरण केहि प्रतिशत आउने आफ्नो अनुभव बाँटनुभयो ।
लघु उद्यम विकास कार्यक्रम अन्तर्गत घोषित वडाहरुमा तालिम सम्पन्न गर्न कोभिड १९ ले केहि अप्ठेरो भएको हो तर पनि स्वास्थ्य मापदण्ड पालना गरी कार्यक्रम गरिएको बरिष्ठ लघु उद्यम विकास सहजकर्ता चाँदनी लेखीले बताउँनु भयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/20210727_142913-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/20210727_142913-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/20210727_142648-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/20210727_142648-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/20210727_142437-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/20210727_142437-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/20210727_152108-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/20210727_152108-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/20210727_135213-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/20210727_135213-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment