कोशी प्रदेश समाचार

१ लाख २४ हजार भारतिय नोट सहित दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका १७ मटेरुवा चोक स्थितबाट अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतिय नोट सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत जोगमुनी अहमदपुर १६ बस्ने ३० वर्षीय मो. ईमरान र सोही स्थानका २० वर्षीय मो. कुबेर रहेका छन् ।
भारतबाट नेपाल आउँदै गरेका उनीहरुको साथबाट भारतीय नोट २००० को ७ थान, ५०० को १९४ थान, २०० को ४७ थान, १०० को ३६ गरी जम्मा भारतिय रुपैया १ लाख २४ हजार बरामद गरिएको छ ।
पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा लगि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page