समाज

प्रेस चौतारीद्वारा स्व. रामसेवक यादवको आठौं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम

डम्बर राई /
कञ्चनरुप (सप्तरी) साउन ३० गते ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा निवासी रामसेवक यादवको निधनले प्रेस चौतारी नेपाल शाखा सप्तरीलाई ठूलो घाटा भएको भन्दै शनिवार शाखाद्वारा स्व. यादवको आठौं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरुले दुःख व्यक्त गरेका छन् ।

चौतारीका पूर्व उपाध्यक्ष मनोहर कुमार पोखरेलले मृत्युपरान्त गरीने सम्मान र उच्च मुल्यांकनको बारेमा उल्लेख गर्नुहुदै भन्नुभयो, यादव आज हामी बीचमा नभएपनि उहाँले दिनुभएको योगदान सदैव साथ रहिरहने छ । उहाँले पार्टी तथा संगठनलाई पुर्याउनु भएको अतुलनीय कार्यले आम जनतालाई सकरात्मक दिशा निर्देश गरेको छ यसै कारणले पनि उहाँको निधन गह्रौ रहेको पोखरेलले बताउँनु भयो ।

शाखाका अध्यक्ष खगेन्द्र कार्कीले स्व. यादवको जेष्ठ पुत्र सुनिल यादवलाई सम्वेदना पत्र हस्तान्तरण गराउँनु हुदै कर्मठ, साहसी, न्यायोचित, अधिकारका लागि कलम चलाउँने दृढ दिष्टान्तकारी यादवबाट संगठनले जे जती प्राप्त गर्यो त्यसको व्याख्या गरेर नसकिने बताउँनुभयो ।

चौतारीका उत्तम प्रसाद आचार्यद्वारा संचालन गरिएको सो श्रद्घाञ्जली कार्यक्रममा सहभागीलाई सहकर्मी गंगा प्रसाद साहले सहयोग गर्नुभएको थियो ।
२०२४ साल बैशाख आठ गते सप्तरीको साविक पोर्ताहा गाविस ३ मा बुवा नत्थु पघैया यादव र आमा नगिया देवी पघैया यादवकी कोखबाट जन्मनु भएका स्व. पघैया यादवको राजनीतिक पृष्ठभुमीमा अनगिन्ती कृतीहरु छन् । विद्यार्थीकाल देखि नै नेपाल कम्युनिष्ट पार्टी एमालेमा लागेर सकृयरुपमा पार्टीका कामहरु गर्दै आएको उहाँको पृष्ठभुमी रहेको छ ।

पेशागत रुपमा पत्रकारीतामा दखल हासिल गरेका स्व. यादवका सुनिल कुमार पघैया यादव, रुपेश कुमार पघैया यादव दुई छोरा बुहारीहरु, जेठो छोरो तर्फको एउटा नातिनी र धर्मपत्नी छन् । यहि साउन २३ गते शनिवारको दिन राती १०ः४० बजे आफ्नै घरमा यादवको हृदयघातको कारणबाट निधन भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page