समाज

उदयपुरकी १६ वर्षिय बालिका कृशला चौधरीको हत्यामा संलग्न सप्तरीका दुई युवक पक्राउ

उदयपुर । उदयपुर प्रहरीले त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षिय कृशला चौधरीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङगा नगरपालिका १ का २७ वर्षीय उचित लाल सदा र सोहि ठाउँका २३ वर्षीय विषे सदा रहेका छन् ।

आफ्नो घरवार विगारिदिएको बदला स्वरुप क्रिशलाको हत्या गरेको उचितलाल सदाले प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले शव भेट्टिएको १३ दिनपछि हत्यामा संलग्नको पहिचान गरी हत्यारा सार्वजनिक गरेको हो ।
गत साउन १३ गते दिउँसो घरबाट हराएकी कृशलाको शब घर नजिकै राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा साउन १९ गते फेला परेको थियो ।

कृशला हत्यामा सामाजिक संजाल तथा बाहिरि हल्ला जस्तो बलत्कार, एसिडको प्रयोग भएको भन्ने कुरामा पोष्टमार्ट रिपोर्टमा पुष्टि नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहराले जानकारी दिए ।
घाँस, दाउराको क्रममा दुर्गन्ध आएपछि गाउँलेहरुले शब फेला पारी प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पहिचान हुन नसकेपछि प्रहरीले शव उदयपुर अस्पतालमा लगेको थियो । अस्पतालबाटै मृतकको बुबाले शब फेला परेको भोली पल्ट साउन २० गते पहिचान गरेको थियो ।
जिल्ला अस्पतालमा शव परीक्षण नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page