राजनीति

डाक्नेश्वरीमा ५१ सदस्यीय अखिल नेपाल महिला संघको नगर कमिटी गठन

राजविराज । नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको डाक्नेश्वरी नगर कमिटी गठन भएको छ।
शनिबार पातो स्थित संघको जिल्ला कमिटी अध्यक्ष मिन्टु चौधरीको अध्यक्षतामा भएको भेलाबाट सावित्री मण्डलको नेतृत्वमा नगर कमिटी गठन भएको पार्टी जिल्ला कमिटी सचीव देवनाथ यादवले बताउनुभयो ।
यसैगरी चन्दर देवी खङ्गलाई उपाध्यक्ष र रविना चौधरीलाई सचीवको जिम्मेवारी सहित ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ।
सो पार्टीको जिल्ला कमिटी सदस्य राजदेव मण्डलले संचालन तथा उद्घोष गरेको कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य अब्दुल मजिद साकिरको प्रमुख आतिथ्य र जिल्ला कमिटी संयोजक ताराकन्त चौधरीको बिशिस्ट आतिथ्य तथा नगर संयोजक रामलखन मुखिया,जिल्ला कमिटी सदस्य निरजन चौधरी र शोभानन्द राय लगायत स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page