समाचार

सप्तरीको राजविराजमा “माक्स प्रयोग सुनिश्चितता” अभियानको शुभारम्भ

राजविराज, १९ असोज । सप्तरीको राजविराजमा आज माक्स प्रयोग सुनिश्चितता अभियानको शुभारम्भ गरिएको छ ।राजविराज स्थित गजेन्द्र चौकबाट आज मंगलवार देखि अभियानको सुरु गरिएको हो ।
‘नो मास्क, नो सर्भिस, नो मास्क, नो टक, नो मास्क इन्ट्री’ जस्ता नारा लेखिएको प्ले कार्ड समेत प्रदर्शन गरिएको थियो ।
प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले नागरीकलाई कोरोना महामारीबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरे ।
साथै साहले पुर्ण मास्क प्रयोगको सुनिश्चितता कार्यक्रम सफल पार्न सञ्चारकर्मीहरुले दुई लाइन मास्क प्रयोग बारे लेख्नुपर्ने बताएका छ्न।

यसैगरी साहले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीलाई विभिन्न सरकारी निकायमा मास्क उपलब्ध गराउन निर्देशन समेत दिए।
२५ हजारका दरले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा, ५ हजारका दरले मालपोत लगायत अन्य कार्यालयमा समेत उपलब्ध गराउन निर्देशन दिएका छ्न।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आउँदै गरेको चार्ड पर्वमा भीडभाड कम गर्न र टोलटोलमा मास्कको प्रयोगबारे अभियान जारी राख्न आग्रह गरे ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा राजविराज नगरपालिका नगरप्रमुख शम्भु प्रसाद यादव, प्रदेश २ स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक विजयकुमार झा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page