समाचार

सप्तरीमा चाड पर्वलाई लक्षित गरी ६ सय २२ जना प्रहरी परिचालन

कञ्चनरुप (सप्तरी), २५ असोज । जिल्ला प्रहरी कार्यालय सप्तरीले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वमा हुनेसक्ने अवाञ्छित तथा अपराधिक गतिविधिलाई नियन्त्रण गर्न एवं सडक अनुशासन कायम गर्न विशेष सुरक्षा कार्य योजना ल्याएको छ ।
योजना अन्तर्गत जिल्लामा एउटा कमाण्डर सेन्टर स्थापना गरी ६ सय २२ जना प्रहरी जनशक्ति खटाइएको छ ।
नागरीकको शान्ति सुरक्षालाई मध्यनजर गरेर भीडभाड हुने स्थानमा चेकप्वाइन्टको व्यवस्था गरिनुका साथै बैंक, वित्तिय संघ संस्था तथा आर्थिक कारोबार हुने स्थानमा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटना न्यूनिकरण तथा सहज आवागमनका लागि सडक अनुशासन कायम गराउन प्रहरी खटाइएको समेत जनाएको छ ।
चाडपर्वमा खेलिने जुवा, तास र कौडाको पूर्ण नियन्त्रण गर्ने, चोरी तस्करी नियन्त्रण तथा लागू औषधको सेवन र ओसार पसारमा नियन्त्रण गर्ने लक्ष्य लिइएको बताइएको छ ।

त्यसैगरी ६८ वटा क्यूआरटी टिमको परिचालन गरिएको छ भने ट्राफिक सहित मापसे चेकिङ्ग गर्न १० स्थानमा चेकिङ टोली खटाइएको छ ।
यस्तै सिमा नाकामा चोरी तस्करी नियन्त्रण गर्न ११ स्थानमा , जुवा, तास, चोरी, लुट्पाट नियन्त्रण गर्न ५ स्थानमा, राजमार्गमा स्कटिङ्ग मोवाईल २ स्थानमा र पैदल गस्ती २५ स्थानमा तथा सादा पोसाकमा प्रहरी टोली परिचालन गरिएको छ ।
सुरक्षा कार्ययोजना अन्तर्गत यात्रु सहायता कक्ष, धार्मिकस्थल सखडा भगवती मन्दिर, भारदहस्थित कंकालिनी मन्दिर लगायत अन्य मन्दिरकाहरुमा , आर्थिक कारोबार हुने स्थान, क्वारेन्टाईन तथा आईशोलेसन, बजारको गतिविधी अनुगमन तथा अन्य विभिनन कार्यक्रम हुने स्थानमा प्रहरी टोली खटाई ड्रोन सहितले निगरानी गरिने सुरक्षा योजना तयार गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

साथै कोभिड –१९ लाई मध्यनजर राखी अनुशासित भई चाड पर्व मनाउन र मादक पदार्थ सेवन , जुवा, तास, चोरी, लुटपाट तथा शंकास्पद गतिविधिहरु भएमा तुरुन्त प्रहरीलाई खबर गर्नुका साथै बहुमूल्य गरगहना लगाएर मठ मन्दिर तथा धार्मिक स्थलहरुमा नजान सर्वसाधारण नागरीकहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुरोध गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page