समाचार

सप्तरीको कल्याणपुर चोकमा बसको ठक्करबाट एक महिलाको मृत्यु

कञ्चनरुप (सप्तरी) । सप्तरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बुधवार जिल्लाको खडक नगरपालिका–७ कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७७८४ नंको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतकी ४५ वर्षीया श्रीमती ठण्डेश्वरी भगतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाइते भगतलाई उपचारका लागि रुपनीस्थित युनिक अस्पताल भर्ना गरिएकामा मृत्यु भएको चिकित्सकले बताएका छन् । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको छ ।
बस र चालक मोरङ धनपालथान गाउँपालिका–३ का ३२ वर्षीय विनोद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page