खेलकुद

नगर स्तरिय फुटवल प्रतियोगिताको उपाधि बजरंगवली युवा क्लव छपकीलाई

डम्बर राई /
कञ्चनरुप (सप्तरी) ।
सप्तरीको कञ्चनरुप नगरपालिका ६ स्थित बलुवा घोघनपुरमा आयोजित इस्लामी युवा क्लवद्वारा संचालित नगर स्तरिय फुटवल प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनल खेलमा अग्नीसाइर कृष्णासावरन गाउपालिका ५ छपकीका बजरंग युवा क्लव बिजयी भएको छ ।
कञ्चनरुप नगरपालिका ५ पिप्रापूर्वका नवयुग एकता संघलाई तीन गोलले उछिन्दै छपकीले जीत हात पारेको हो ।
खेल शुरु भएको आठौं मिनेटमा बजरंगका जर्सी नम्बर १० का खेलाडी राधे चौधरीले पहिलो उत्कृष्ट गोल गरेका थिए भने दोश्रो हाफको २३ औं मिनेटमा जर्सी नम्बर ९ का पुष्पराज चौधरीले खेलको दोश्रो गोल गरी जीतमा उर्जा थपे लगत्तै जर्सी नम्वर १० कै राधे चौधरीले नै गोल थपेर जीत बलियो बनाएका थिए ।

टस जितेर खेलको शुरुवात गरेको नवयुग एकता संघका तर्फबाट ८० औं मिनेटको खेलमा कुनैपनि गोल गर्न सकेन ।
आयोजित प्रतियोगिताको अन्तिम खेलका प्रमुख अतिथी कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बिजेता टीमलाई ३० हजार नगद कप र प्रमाण—पत्र हस्तान्तरण गर्नुभएको छ । उपबिजेता टीमलाई २० हजार नगद, कप र प्रमाण—पत्र हस्तान्तरण गरिएको छ ।
यसैगरी बजरंगवलीका जर्सी नम्बर १० का राधे चौधरी रनिङ्ग र नवयुग एकता संघका जर्सी नम्वर २ का खेलाडी विवेक परियारलाई सर्वोत्कृष्ट खेलाडी निर्णायकमण्डल विजय विसी र विष्णुदेव चौधरीले घोषित गरेका थिए ।
वडा दशै, दिपावली, छठ, इद, बकरीद लगायत महान पर्वको शुभउपलक्ष्यमा असोज १९ गते देखी संचालन गरिएको उक्त प्रतियोगितामा सप्तरी र उदयपुरका गरी २० टीमले भाग लिइएका थिए ।

शान्त र नियमपूर्वक ढंगबाट खेल खेलाउने रेफ्री मनोज चौधरी र लाइन्समेनद्वय देवकान्त चौधरी, दिनेश चौधरी र आयोजक समितिका सबैलाई कदरपत्र प्रदान गरिएको छ ।
बुधवार प्रतियोगिताको समापन समारोहमा विभिन्न दलका स्थानिय नेता, संघ संस्थाका प्रतिनिधि, बुद्घिजिवी, युवा, महिला, लगायतका गरिमामय आसन रहेको थियो । मनोज साहको अध्यक्षता रहेको प्रतियोगितालाई समानन्द चौधरीले संचालन गरेका थिए ।
आयोजित प्रतियोगितामा विभिन्न संघ संगठन, व्यक्तिको आर्थिक सहयोग रहेको आयोजक समितिले जानकारी दिइएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page