समाचार

कञ्चनरुप नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प ,निर्णय कार्वान्वयन नगरेसम्म कार्यालय र विषयगत शाखाहरु बन्द रहने

डम्बर राई /
कञ्चनरुप (सप्तरी), कात्तिक १५ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा सोमवार कुनैपनि कामकाज संचालनमा आएन । नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै नगरपालिका र विषयगत शाखाको कामकाज बन्द गरिएको हो ।
कार्यालयमा आएका नयाँ प्रमुख प्रशासकीय आधकृत रेणुका साहले यहि कार्तिक १२ गतेका दिन बिहान ११ बजेको समयमा केहि उछृङ्खल व्यक्तिहरु सहित कार्यालयमा प्रवेश गरी नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरुलाई अभद्र गाली गलौज गरेको भन्दै १३ गते कार्यपालिकाको बैठकले भत्र्सना गरेको र कार्यपालिकाको निर्णय कार्वान्यन नभएसम्म कार्यालय र विषयगत सबै शाखा १५ गतेदेखि बन्द गर्ने जारी सूचनामा उल्लेख रहेको छ ।
कार्यपालिकाले १० गते नै निर्णय गरी कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई नै यथावत राखी मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत वा यस अघिको कार्यपालिकाको बैठकको निर्णयलाई कार्वान्वयन गर्न मन्त्रालयमा अनुरोध गर्नै भनिएको छ ।
९÷१० तहको ठाउँमा प्रमुख मन्त्रालयले पठाइएको प्रमुख प्रशाकीय अधिकृतलाई दुई तीन महिना बुझ्नै लाग्ने भएकोले निर्वाचनको समयमा कार्यपालिकाले कामै गर्न सकेन भन्ने नकरात्मक सन्देश फैलिन सक्ने भनेर कार्यपालिकाले १० गते निर्णय गरी मन्त्रालयमा अनुरोध गरेको कार्यालयले जानकारी दिइएको छ ।
सूचनाको सुरुमै भनिएको छ चालु आर्थिक बर्षको प्रथम चौमासिकको अन्तिम समयमा भएको २०७८ चैत्र ५ गतेमा स्थानिय निर्वाचन गर्ने निर्वाचन आयोग सिफारिस समेत भएको अवस्थामा विकास काम गर्न तीन, चार महिना घएको र यस बीचमा ६÷७ तहको नयाँ फ्रेस प्रमुख प्रशासकीय अधिकृत कर्मचारीलाई ९÷१० तहको ठाउँमा मन्त्रालयबाट पठाइएकोमा नीजलाई दुई तीन महिना बुझ्नै लाग्ने उल्लेख गरिएको छ ।
सूचनामा नगरपालिकाले यसबाट आम जनसमुदायमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी रहेको उल्लेख गरेको ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page