समाचार

सप्तरीमा जनगणनामा सुपरीवेक्षकका रुपमा खटिएका मनोज मेहता पदमुक्त

सप्तरी । सप्तरीमा राष्ट्रिय जनगणनामा सुपरीवेक्षकका रुपमा खटिएका एक जनालाई पदमुक्त गरिएको छ । आचारसंहिता विपरीत कार्य गरेको भन्दै मनोज कुमार मेहतालाई राष्ट्रिय जनगणना कार्यालय सप्तरीले पदमुक्त गरेको हो ।
सप्तरीका राष्ट्रिय जनगणना अधिकारी संजय कुमार चौधरीका अनुसार आचारसंहिता विपरीत सुपरीवेक्षक मेहताले कार्य गरेको पाईएकाले पदमुक्त गरिएको बताए ।
के कारणले उनलाई कारबाही गरिएको हो भन्ने बारे बताइएको छैन ।
“मेरो गणना मेरो सहभागीता” भन्ने मूल नाराको साथ राष्ट्रिय जनगणना २०७८ कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म अभियान जारी रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page