कोशी प्रदेश समाज

मोरङको रंगेलीबाट १६ केजी गाँजा सहित टेम्पु र चालक पक्राउ

मोरङ, मंसिर ५ गते । मोरङ प्रहरीले रंगेलीबाट १६ केजी गाँजा सहित टेम्पु र चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्पो चालक मोरङ बेलबारी नगरपालिका ३ का २४ वर्षीय बुद्दराज राई रहेका छन ।
शनिबार राति मोरङको रंगेली नगरपालिका १ बिशाल बजार चौक स्थित ईलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले संका लागी को १ ह ४८०२ नम्बरको टेम्पो चेकजाँच गर्दा १६ केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
राईलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page