समाज

वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा लडेर मृत्यु

बुटव । बुटवलमा वडाध्यक्षको शौचालय जाने क्रममा लडेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ३ का वडाध्यक्ष लालप्रसाद बस्यालको आफ्नै घरको शौचालय जाँदा लडेर मृत्यु भएको हो ।
सोमबार दिउँसो लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । तर, अस्पताल पुर्‍याए लगत्तै चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।
अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले मृत घोषणा गरेको सोही वडाका वडा सदस्य लीला श्रेष्ठले जानकारी दिए ।
बस्याल स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page